लोकगायक एलपी जोशीको निधन


 काठमाडौँ। 

 चर्चित लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी)  को निधन भएको छ । बिहीबार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो । उनी  लामो समयदेखि सुगर र प्रेसरको बिरामी थिए । 

दमक –१ निवासी जोशीले  ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाएका छन्  । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।  

जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहेका थिए । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।

उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रममा समेत सहभागी रहँदै आएका थिए । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केही चलचित्रमा योगदान गर्नुका साथै एउटा गीति कविता प्रकाशन गरेका छन् ।

उनको शुक्रवार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ ।