प्रेम र द्वन्द्वमा नम्बरी सुन


काठमाडौं ।

आगामी साउन २५ गते रिलिजमा आउने फिल्म नम्बरी सुनको हालै राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ। ट्रेलर गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीदेखि उच्च र तल्लो वर्गबीचको प्रेम तथा त्यसले निम्त्याउने घटना परिघटनासम्म देखाइएको छ। ट्रेलरमा नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेका छन्।

राजु गिरीद्वारा निर्देशित फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीलगायतले अभिनय गरेका छन्।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा नारायण खातीद्वारा प्रस्तुत तथा सरोज खाती, सविन खाती र मनोज रिजालद्वारा निर्मित फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन, समीर मियाँको भीएफएक्स र गौतमराज खड्काको सम्पादन रहेको छ।
निर्देशक राजु गिरीकै निर्देशनको अर्को फिल्म ईश्वर आज शुक्रबारबाट रिलिजमा आउ“दैछ।