पहिलो गीत सार्वजनिक


काठमाडौं ।

गायक हिमाल सागरको स्वरमा पहिलो गीत बोलको गीत सार्वजनिक गरिएको छ। दीपकप्रसाद आचार्य ‘काकु’ को शब्द रचना र सन्तोष सुनुवारको कम्पोज रहेको गीतको भिडियोमा लोकप्रिय हास्य टेलिशृंखला सक्किगोनीकी कलाकार सुरक्षा इटानी र रोहित अधिकारीले अभिनय गरेका छन्।

यो रोहित अधिकारीको डेब्यू म्युजिक भिडियो हो। दीपकप्रसाद आचार्य ‘काकु’ कै निर्देशनमा तयार भएको भिडियोमा कोरियोग्राफी तेन्जु योञ्जन तथा छायांकन, सम्पादन र रंग संयोजन पवन सुस्लिङको रहेको छ।