अर्जुनाले ल्याइन् टारीखेत


खोटाङ ।

खोटाङकी गायिका अर्जुना राईको पुरानो गीत टारीखेतको भिडियो सार्वजनिक भएको छ। २०६५ सालमा खोटाङको रुपाकोट रेडियोमा प्रशारित पालैपालोनामक सांगीतिक कार्यक्रममा गायिका स्वयंको शब्द, संगीत र स्वरमा प्रस्तुत गीतको भिडियो सार्वजानिक गरिएको हो।

सो गीत आठ कक्षामा पढ्दै गर्दा रेडियो कार्यक्रममा सहभागिता जनाउने क्रममा तयार पारेर गाएको गायिका अर्जुनाले जानकारी गराइन्। आशिष लिम्बू र सन्जु वान्तवाका साथमा गायिका राईको समेत अभिनय रहेको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।