मोटोपन घटाउन सकिन्छ


जंकफुड, फास्ट फुडलगायत बजारका तयारी खानाको बढी उपभोग र व्यायामको कमीका कारण अहिले स्कुल जाने उमेरका धेरै बालबालिकामा मोटोपनको समस्या देखिन्छ ।

बाबुआमाले टिफिन बनाउन अल्छी गरी बजारका तयारी खाना टिफिनका रूपमा राखिदिने प्रचलन बढ्दै गएको छ । अर्कोतिर विशेषगरी शहरी जीवनमा बालबालिकालाई घर तथा स्कुलमा खेल्ने स्थानको अभाव भएकाले ब्यायामको कमी भई शरीरमा मोटोपनको समस्या हुनेमात्र नभई उनीहरूको स्वाभाविक वृद्धि र विकासमा पनि असर पुगिरहेको हुन्छ ।

शरीरमा अनावश्यक बोसोको मात्रा जम्मा भएर मानिसको उचाइको अनुपातमा तौल बढी हुनु मोटोपन हो । यसको मापन आफैँले पनि गर्न सकिन्छ । तौल मापन गर्ने सबैभन्दा सजिलो तरिका उचाइको नाप (सेमी) मा १ सय घटाउनु नै हो । कुनै व्यकि्तको उचाइलाई सेन्टीमिटरमा नाप्ने र त्यसमा १ सय घटाउँदा जति आउँछ त्यो अंकबराबरको तौल (किलोग्राम) सामान्य मानिन्छ । उदाहरणका लागि कसैको उचाइ १ सय ६० सेमी छ भने, त्यसमा १ सय घटाउँदा ६० बाँकी रहन्छ ।

यदि उक्त व्यकि्तको तौल ६० किलोग्रामको आसपासमा छ वा ५८ देखि ६२ किलो ग्रामको बीचमा छ भने तौल सामान्य मान्न सकिन्छ । उचाइको आधारमा जतिजति तौल वृदि्ध हुँदै गयो मोटोपनले शरीरमा पु¥याउनसक्ने हानिको खतरा पनि बढ्दै जान्छ । वर्तमान अवस्थामा मोटोपन वृदि्व हुने प्रमुख कारणहरूमा व्यायममा कमी तथा कम हिँडाइ, बढी खाना, मैदा, चिल्लो, गुलियो बढी भएका खाना, जंकफुड तथा फास्टफुडको अधिक उपभोग नै हो ।

मोटा व्यकि्तलाई मधुमेह, उच्च रक्तचापको समस्या हुने, कोलस्ट्रोल बढ्ने सम्भावना धेरै हुन्छ । यसले भविष्यमा मुटुरोग लाग्छ । विकसित देशमा ज्यादा खाना, व्यायामको कमीले गर्दा मोटोपन बढेर मुटुरोगका समस्या वृदि्ध भई मृत्युको कारण बन्न गएको छ । अहिले विश्वमा मानव मृत्युको प्रमुख कारण मुटुरोग नै भइरहेको छ । बाल्यकालमा मोटोपन भएपछि किशोर अवस्थामा पनि मोटोपन रहिरहन्छ । अत्यधिक मोटोपन साथै जंकफुडले गर्दा किशोरीहरूको महिनावारीमा पनि समस्या पर्न सक्छ । विवाहपछि पनि गर्भ रहन गाह्रो हुन्छ ।

किशोरहरूको पनि मोटोपनले धेरै समस्या ल्याउँछ । हिँड्न दौडिन गाह्रो हुन्छ । भविष्यमा घुँडा दुख्ने, कुर्कुच्चा दुख्ने, कम्मर दुख्ने, महिलाहरूमा काँध दुख्ने आदि समस्या देखा पर्न थाल्छन् । मोटोपन नियन्त्रण गर्न सकिने समस्या हो । भोजनमा परिवर्तन, व्यायाम र योगाभ्यासले तौल घटाउन सकिन्छ । नियमित हिँडाइले तौलमा सन्तुलन ल्याउन सक्छ । विभिन्न चिसो पदार्थ कोक, फ्यान्टा, आइसकि्रम, इनर्जी डि्रङ्क आदिको सट्टा पर्याप्त पानी पिउने गर्नुपर्छ । चाउचाउ, बोसो, घिउ, चिज आदि वस्तु आफ्नो दैनिक जीवनबाट सकेसम्म घटाउनुपर्छ र हरियो तरकारी, फलफूल, कोदो, फापर, भटमासका परिकार खानामा समावेश गर्नुपर्छ ।