जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई ज्यान मर्ने धम्की


काठमाडौँ।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई एक व्यक्तिले ज्यान मर्ने घम्की दिएका छन्।

श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनको सचिवालय सचिव बताउने कपिल सी भन्ने व्यक्तिले फोन गरी उक्त धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

कपिल सीले श्रेष्ठलाई मोबाइल नम्बरबाट फोन गरी अत्यन्त स्तरहीन शब्द प्रयोग गरी धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको महासंघका महासचिव रोसन पुरीले बताएका छन्।

‘साउन ८ गते मंगलबार बिहान १०ः०० बजेदेखि मोबाइल नम्बरबाट फोन गरी निज व्यक्तिले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ । धम्कीका क्रममा निज व्यक्तिले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएका थिए ।’ पुरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो ।’

पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दै महासंघले संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको सम्मान गरी यस किसिमका गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।