पुराना राजदूत फिर्ता र नयाँ नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं ।

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आजको बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।