अमेरिकी कांग्रेसको संयुक्त बैठकमा नेतान्याहुले भने- हाम्रा शत्रुहरू तपाईंका पनि हुन्


काठमाडौं ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। सम्बोधनमा उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन्।

कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन्। जब हामी इरानसँग लड्छौँ, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ । हाम्रो युद्ध तपाईंहरुको युद्ध हो र हाम्रो जित तपाईंहरुको जित हो।’

धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौँ डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए। सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो। मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषणा गरेका थिए।

नेतन्याहुको सम्बोधनमा बाधा पुर्‍याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ। प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ।