अन्डरवल्र्ड डनका आपसी भीडन्त

जसमा मारिए नेपाली सांसद मिर्जा

14
Shares

काठमाडौं ।
यो कथा सन् १९९३ को मुम्बई बम विस्फोटपछि शुरू भएको थियो। जब अन्डरवल्र्डका डन दाउद इब्राहिमको समूहबाट उनको दाहिना हात छोटा राजन अलग भएका थिए। छोटा राजन र दाउदको समूह दुवै एकअर्कालाई मार्ने तयारीमा थिए।

दाउद समूहका छोटा शकिलले धेरैपटक छोटा राजनलाई मार्न गुण्डा पठाए, तर प्रत्येक चोटि छोटा राजन बच्न सफल भए।
इन्डोनेसियाको बालीमा पक्राउ परेर भारत ल्याएर तिहाड जेलमा राखिएका छोटा राजनमाथि आक्रमण भएको थियो।

यसपछि छोटा राजनको लागि काम गर्ने एजाज लकडावालालाई सन् २००२ मा थाइल्यान्डको राजधानी बैंककको बजारमा गोली हानिएको थियो। यस आक्रमणमा एजाजको छातीमा पनि गोली लागेको थियो तर घाँटीमा भएको सिक्काले उनको ज्यान बचाएको थियो। यसअघि सन् १९९८ मा एजाजसहित छोटा राजनका लागि काम गर्ने फरिद तनाशा, विक्की मल्होत्रा, बालु डोक्रे, बाबा रेड्डी, विनोद मटकर र सञ्जय घाटेजस्ता ग्याङ्स्टर र सार्प सुटरहरू कुख्यात अपराधी दाउद इब्राहिमको हत्या गर्न कराँची गएका थिए।

छोटा राजनको योजना मुताविक उनीहरूले त्यो यात्रा तय गरेका थिए। पाकिस्तानमा बस्दै आएका दाउद छोरी मरियमको मृत्यु भएपछि उनी छोरीको अन्त्येष्टिका लागि कराँची आउने खबर पाएका छोटा राजनले आफ्नो ग्याङ त्यहाँ पठाएका थिए। विक्की मल्होत्रा, एजाज र अन्य दाउदलाई हत्या गर्ने योजनासहित दाउदकी छोरीको अन्त्येष्टि गर्ने स्थानमा पुगेर बसेका थिए।

छोरीको अन्त्येष्टिका लागि दाउद कब्रस्थानमा पनि पुगेका थिए तर छोटा राजनले उनीहरूलाई फोन गरेर सबैलाई निस्कन निर्देशन दिएका थिए। दाउदले पहिला आफ्नो लागि काम गर्ने मिर्जा दिलसाद बेगले सबै कुरा दाउदलाई फोनमार्फत् जानकारी दिएको र दाउदले आक्रमण गर्न आउने राजनका व्यक्तिहरूलाई मार्ने योजनासमेत बनाएको पत्तो पाएका थिए।
त्यसको दुई वर्षपछि सन् २००० मा दाउदले मुन्ना झिंगाडा उर्फ मुदस्सर हुसेनलाई छोटा राजनलाई मार्न पठाएका थिए।

तर, त्यो हमलामा छोटा राजन बाँचे। नेपालमा राप्रपाका सांसदसमेत रहेका मिर्जालाई किन मारियो भन्ने विषयमा सन् २०२० मा भारतमा पक्राउ परेका एजाज लकडावालाले भारतीय प्रहरीसमक्ष बताएका थिए। एजाजले अनुसन्धान एजेन्सीहरूलाई बताएअनुसार छोटा राजनले सन् १९९८ मा बनाएको दाउदलाई मार्ने योजना असफल बनाइदिएको कारण मिर्जाको हत्या भएको थियो। दाउदलाई मार्ने योजना असफल भएपछि छोटा शकिलले उनी स्वयंलाई र छोटा राजनलाई पनि विदेशमा रहेका बेला हमला गरेको बताएको थियो। मुम्बईका अन्डरवल्र्डका दुई मिल्ने साथीहरू मुम्बई विष्फोटनको घटनापछि एक अर्काबीच छुट्टिएर एकले अर्कालाई सिध्याउने खेलमा लागेका थिए।