गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा


काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल पुगेका छन् ।

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।