त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेको जहाजमा आगो लागेको छ।

उक्त जहाजमा १९ जना यात्रु सवार थिए। दुर्घटनाको कारण खुल्न नसकेको  प्रहरीले जनाएको छ।