भोलिदेखि पोलियो खोप विशेष अभियान : घर घरमा पुगेर पोलियो थोपा खुवाइने


काठमाडाैं ।

५ बर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम भोलि ९ साउनदेखि सुरू हुने भएकाे छ ।

स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा गएर खुवाउन लागेका हुन्। उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने छन् ।

नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगरबासीलाई आग्रह गरेको छ ।