महिला एशिया कप: भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल 


काठमाडौँ ।

जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको हो ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।

भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ ।

भारतविरुद्धको नेपाली प्लेइङ ११ :

इन्दु बर्मा ९कप्तान०, रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, सबनम राई र काजल श्रेष्ठ ।