चुच्चे नक्साको भूमी फिर्ता सरकारको प्राथामीकता हुनुपर्छ : एमाले नेता पोखरेल


काठमाडौं ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य, काठमाडाैं जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि आम नागरिकले परिर्वतनको आश गरेको बताएका छन् ।

पत्रकारहरुसंग कुराकानी गर्दै पूर्व मन्त्री एवं एमाले नेता पोखरेलले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि खस्कदो अर्थतन्त्रमा सुधार हुने र युवाहरुको आशा र चाहनाको सम्बोधन सहित परिणाममुखी नतिजा आउने आम नागरिकको अपेक्षा रहेको बताए ।

एमाले नेता पोखरेलले वर्तमान सरकारले शिथिल बन्दै गएको कुटनीतिक क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्दै छिमेकी सम्बन्धमा सन्तुलन कायम गर्नु पर्ने र चुच्चे नक्सामा समेटिएको भू–भाग लिपुलेख, लिम्पियाधुरा र कालापानी सहितका नेपाली भूमी फिर्ता गर्ने कुरामा प्रभावकारी पहलकदमी गर्नुपर्ने बताए ।

पूर्व मन्त्री एवम एमाले नेता पोखरेलले नेपाल र भारतका प्रवुद्ध समूहले तयार पारेको इपिजी प्रतिवेदन भारत सरकारले बुुझ्न नमानेको उल्लेख गर्दै त्यसलाई कुुटनीतिक पहल गरी बुुझाउने प्रकृया अघि बढाउनुपर्ने र चीनसंग भएको बिआरआई सम्झौता कार्यान्वयन गर्न फ्रेमवर्क सम्झौता गरिनुपर्ने बताए ।

पोखरेलले भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्दै सुशासन प्रवद्धन गर्ने, आर्थिक विकास मार्फत रोजगारी श्रृजना गर्ने, विगतमा एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेका विकासे योजनाहरुलाई प्रभाथामिकताको आधारमा कार्यान्वयन गर्दै जाने कुरा सरकारको प्राथामिकता हुनुपर्ने बताए ।

पोखरेलले सत्ता समिकरणमा संलग्न राजनीतिक दल र प्रतिपक्ष दलहरुसंग समेत सम्वाद, सहमति र सहकार्य गर्दै समृद्ध नेपाल, सुशी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सक्रिय हुनु पर्ने बताए ।