काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन


काठमाडौँ । 

काठमाडौँ महानगरले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरी  बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्त्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरवार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन निर्देशन दिएको छ ।