२० हजार अमेरिकी डलर लिएर चीनतर्फ जाँदै गरेका तामाङ रसुवाबाट पक्राउ


काठमाडौँ।

रसुवाको गोसाईकुण्डमा अवैध २० हजार अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन्। रसुवागढी नाकामा खटिएको सशस्त्र प्रहरी बल टिमुरे, नेपाल प्रहरी र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले अमेरिकी डलर लिएर चीनतर्फ जाँदै गरेका नुर्पु तामाङलाई मंगलबार बिहान पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई ईप्रका टिमुरेमा लगिएको प्रहरीले जनाएको छ।