दुई संस्थाबीच एकता


काठमाडौं ।

मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच सोमबार एकता घोषणा गरिएको छ। आमसञ्चारका प्रतिनिधिमूलक दुई संस्थाबीच मिडिया अलाइन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठ र नेपाल टेलिभिजन संघका सचिव बद्री पोखरेलले एक भव्य समारोहका बीच एकता सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सातबुँदे एकता सम्झौतामा एकतापछि मिडिया अलाइन्स नेपालको नामबाट संस्था सञ्चालन गर्ने भनिएको दुई संस्थाबीच एकता भएको मिडिया अलाइन्स नेपालमा नेपाल टेलिभिजन संघका तीन जनालाई कार्यसमितिमा समावेश गरिने भएको छ।

दुई संस्थाबीच एकता सम्झौतापछि नेपाल टेलिभिजन संघको अस्तित्व स्वतः समाप्त भएको घोषणा गरिएको छ। त्यसै गरी यो सम्झौता साउन ७ गतेबाट नै लागू हुने उल्लेख गरिएको छ। सम्झौतामा उल्लेखित सर्तहरू दुवै पक्षले इमानदारिताका साथ परिपालना गर्ने र बाँकी काम कारबाही एउटा समिति बनाएर अघि बढाइने सम्झौतामा उल्लेख गरिएको छ।