काठमाडौँको सितापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प 


काठमाडौँ।

 काठमाडौँ महानगरपालिका १३ स्थित सितापाइलामा  नेपाली सेनाले  पेट्रोल पम्प संचालनमा ल्याएको छ।  सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा  निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन संचालनमा ल्याइएको नेपाली सेनाले जानेको छ। 

शुक्रबार उक्त पेट्रोल पम्पको  प्रधान सेनापति  प्रभुराम शर्माले समुद्घाटन गरे।  

पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने नेपाली सेनाले जनाएको छ । नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।

यस्तै  शुक्रबारै  प्रधान सेनापति शर्माले ले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्घाटन गरेका छन्  ।
 
उद्‍घाटन समारोहहरूमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका पदाधिकारीहरू, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिहरूको उपस्थिति थियो ।