राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान


 काठमाडौँ। 

राष्ट्रिय सभाका  उपाध्यक्ष विमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गरेकी छन् ।
चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८ औं चीन – दक्षिण एसिया प्रदर्शनीमा  सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  उनी  चीन प्रस्थान गरेकी हुन्।   

उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधीमण्डल इष्टर्न चाईना एयरलान्इसको उडानबाट चीन प्रस्थान गरेको छ ।  प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन्।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा  उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।

   भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरुसँग भेट गर्नेछ। प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ।