भारतको नहरमा भेटियो त्रिशूलीमा हराएका थप एक जनाको शव


काठमाडौँ।

त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव भारतमा भेटाएको छ । शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको हो ।

सशस्त्र प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । शव नेपाल ल्याउन एसएसबीसँग समन्वयका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) त्रिवेणीका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ५ जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि शुक्रबार नै दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएका थिए ।