बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते


धनकुटा । 

धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा  १२ जना घाइते भएका छन् ।

धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ  ।