यामललाई मेसीको जर्सी अंक


एजेन्सी ।

भर्खरै सम्पन्न यूरोकप २०२४ मा चर्चा बटुलेका स्पेनिस युवा खेलाडी लामिने यामलले आफूले खेल्ने क्लब बार्सिलोनामा १९ नम्बर अंकित जर्सी लगाउने भएका छन्।

बार्सिलोनाले उनलाई १९ नम्बरको जर्सी प्रदान गरेका छ। अब नयाँ सिजनदेखि १७ वर्षका यी खेलाडीले नयाँ नम्बरको जर्सी लगाएर खेल्नेछन्। क्लबमा यसअघि उनले ४१ नम्बरको जर्सी लगाउने गरेका थिए।

क्लबका पूर्वकप्तान लियोनल मेसीलाई आफ्नो आदर्श मान्ने यामलले अब जर्सी पनि मेसीकै लगाउने भएका छन् । मेसीले बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेर खेल्दा करियरको सुरुआती समयमा १९ नम्बर कै जर्सी लगाएका थिए । अब भर्खरै १७ पुगेका यामलले पनि मेसीले युवा अवस्थामा लगाएकै १९ नम्बर जर्सी लगाउने भएका छन् ।

बुधवार मात्रै बार्सिलोनाले नयाँ सिजनदेखि यामलले १९ नम्बर जर्सी लगाउने आधिकारिक घोषणा गरेको हो । भर्खरै सकिएको युरो कपमा पनि उनले स्पेनिस टिमको १९ नम्बरकै जर्सी लगाएका थिए । युरो कपमा शानदार प्रदर्शनका साथ यामलले योङ्ग प्लेयर अवार्ड जितेका थिए ।