रामायण तथा नेपाल भाषाको कविता वाचन


काठमाडौं।

जनसेवा मञ्चले २ सय ११ औं भानु जयन्तीको अवसरमा रामायण तथा नेपालभाषा कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रमको एक समारोहकाबीच वाग्मती प्रदेशसभा सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले उद्घाटन गरे। सो अवसरमा मन्त्री बज्राचार्यले नेपालमा राष्ट्रिय एकता, राष्ट्रिय भावना अभिवृद्धिका सबैको भाषा, संस्कृतिको सम्मानजनक स्थान र परस्पर सम्मान गर्नुपर्नेमा जोड दिए।

समारोहमा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले मल्लकालमा नेपालभाषा साहित्य निकै विकास भएकोे कुरा उल्लेख गर्दै भाषा, संस्कृति देशको सभ्यताको प्रतीक रहेको धारणा राखिन् । सोही अवसरमा नेपालभाषाका लोककवि राजभाई जकःमिले आदिकवि भानुभक्तद्वारा रचित रामायणको केही हरफहरुसहित कविता वाचन गरे।

जन सेवा मञ्चको अध्यक्ष अधिवक्ता विष्णुराम रंजितले भानुभक्तको साहित्यिक योगदानवारे चर्चा गरे। सो अवसरमा नेपाल टे«ड युनियन महासंघका अध्यक्ष गंगाराम खड्गी, नेपाल ड्राइभर संघका सल्लाहकार विजेन्द्र महर्जन, उपाध्यक्ष शरण पोडे, जन सेवा मञ्चका सचिव विजय कपाली र हिसिला श्रेष्ठ लगायतले भाषा, साहित्य र संस्कृतिको महत्वबारे केन्द्रित गर्दै आआफ्नो धारणा राखे।