पहिलोपटक बेवारिसे मोटरसाइकलको लिलामी


धादिङ। 

नेपाल प्रहरीले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाइकलको लिलामी गरेको छ । नेपाल प्रहरीले विभिन्न चेकजाँचको क्रममा र तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाइकल र स्कुटर लिलामी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। 

विभिन्न ५ ओटा सप्लायर्सले टेन्डर हालेकोमा समित एक्सपा सेन्टरले लिलामीमा पत्रु मोटरसाइकल टेन्डर पारेको हो । 

नेपाल प्रहरीको हेडअफिसको स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा लिलामी गरिएको मिश्रले बताए । लिलामी गरिएको मोटरसाइकल र स्कुटर पत्रु बनाएर टेन्डर परेको सप्लायर्सले स्विकार गरेर लाने छ । 

बुधबार मोटरसाइकल र स्कुटर जिल्ला प्रहरी कार्यालयबाट लगेको छ ।

मुद्दामा रहेको मोटरसाइकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन ।
 
लिलामीमा लगिएको मोटरसाइकल र स्कुटर पुरानो नम्बरमा चलाउन पाउने छैनन् ।