कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा जीववैज्ञानिकलाई २४९ बर्षको सजाय


काठमाडौं ।

अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित टण् आरोप स्वीकार गरेका थिए ।

अष्ट्रेलियाली मिडिया एबीसीको रिपोर्ट अनुसार एडम बेलायती नागरिक हुन् । उनी अस्ट्रेलियाको डार्विनमा रहेको आफ्नो घरमा कुकुरलाई यातना दिने र बलात्कारपछि हत्या गर्थे । यसबाहेक, उनी यी सबै रेकर्ड पनि गर्थे । उनले कुकुरलाई बलात्कार गर्नका लागि ‘टर्चर कोठा’ पनि बनाएका थिए ।

एडमले गुम्ट्री अस्ट्रेलिया नामक वेबसाइटमार्फत ४२ वटा कुकुर किनेका थिए । उनले यी कुकुरहरुलाई नयाँ घर दिने बताएका थिए । त्यसपछि उनले यी कुकुरहरूलाई ढुवानी कन्टेनरमा राखे । रिपोर्टका अनुसार सन् २०२० देखि २०२२ सम्म एडमले ३९ कुकुरलाई बलात्कार गरेका थिए । कुकुर शोषणको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ ।

उनले आफूले बनाएको बलात्कारको भिडियो पनि सामाजिक सञ्जालमा शेयर गरेका थिए । यस अवधिमा उनले ुदानवु नामको प्रोफाइल प्रयोग गर्थे, ताकि कसैले नचिनोस् । बेलायती मिडिया मिररका अनुसार २०२२ मा एक व्यक्तिले एडमविरुद्ध उजुरी गरेपछि यो विषय बाहिर आएको थियो ।

यसपछि प्रहरीले डार्विनस्थित उनको घरमा छापा मारेको थियो, जहाँ पशु शोषणसँग सम्बन्धित धेरै प्रमाण भेटिएको थियो । प्रहरीले सन् २०२२ को अप्रिलमा आदमलाई पक्राउ गरेको थियो । गत जुलाई ११ मा अदालतमा सुनुवाइका क्रममा एडमका वकिलले उनको मानसिक अवस्था उल्लेख गर्दै कम सजायको माग गरेका थिए ।

मेडिकल रिपोर्टमा एडमलाई प्याराफिलिया नामक रोग लागेको बताइएको छ । यसमा पीडितले बिना अनुमति कसैसँग शारीरिक सम्बन्ध राख्न खोज्ने हुन्छ । पीडितहरू प्रायः बालबालिकालाई लक्षित गर्छन् ।

रिपोर्टका अनुसार पक्राउ परेपछि एडमलाई ३० घण्टा मनोवैज्ञानिक उपचार पनि दिइएको थियो । यसपछि उनी आफ्नो अपराधको लागि पछुताउन थालेका थिए । प्राणीविज्ञानी एडम विवाहित छन् र उनकी पत्नी एरिनलाई उनको अपराधको कुनै ज्ञान थिएन ।

बेलायतको वेस्ट योर्कशायरमा जन्मेका एडम ब्रिटनले गोही विशेषज्ञका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएका छन् । उनले बीबीसी र नेशनल जियोग्राफिकसँगको सहकार्यमा धेरै परियोजनामा काम गरेका छन् । एडमलाई डिस्कभरी च्यानल र एनिमल प्लानेटको कार्यक्रम एनिमल फेस-अफुमा पनि देखाइएको थियो ।

एडमले बेलायतको क्वीन एलिजाबेथ ग्रामर स्कूलबाट प्राणीशास्त्रमा डिग्री लिए । यसपछि उनले युनिभर्सिटी अफ लीड्सबाट थप अध्ययन गरे । सन् १९९६ मा एडमले प्राणीशास्त्रमा पीएचडी पनि गरे । यो वर्ष उनी अष्ट्रेलिया गएका थिए ।

एडमले वन्यजन्तु रेन्जर र जीववैज्ञानिक एरिनसँग विवाह गरे । दुवैले मिलेर जंगली गोहीसँग सम्बन्धित कन्सल्टेन्सी कम्पनी पनि खोलेका छन् ।