नजिकको कुरा सार्वजनिक

70
Shares

सलोन सलिना फिल्म्स्को प्रस्तुतिमा निर्मित डकुड्रामा हामी छौँ सिजन १ मा समावेश गीत यो नजिकको कुराको भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द रचना र शम्भुजित बासकोटाको संगीत रहेको छ। भिडियोमा डकुड्रामाका प्रमुख कलाकार आर्यन पौडेल र सलिना बस्नेतलाई फिचरिङ गरिएको छ। ट्राभल थिममा खिचिएको गीतको भिडियोमा आर्यन र सलिनालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ भने भिडियोमा ग्रामीण जनजीवन देखाइएको छ।

शोभित बस्नेतद्वारा प्रस्तुत सात भागको डकुड्रामा आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने जनाइएको छ। डकुड्रामामा आर्यन, सलिना, उमा कार्की, सुमिन गुरुङ, सुशान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय विनोद काप्mले, सुनील भण्डारी, शिवराज नेपाल, स्वरुप जंथ रायमाझीलगायतले अभिनय गरेका छन्।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए।