मंसिरमा आउने भो तेल भिषा


प्रवासमा रहेका नेपाली र उनीहरूका अभिभावकको मिठो कथामा निर्मित फिल्म तेल भिसाको फस्ट लुक पोस्टरका साथ रिलिज डेट घोषणा गरिएको छ।

यसअघि भाद्र २९ गतेका लागि रिलिज डेट तय गरिएको फिल्म अब मंसिर ७ गते रिलिज हुने भएको छ। विपिन कार्कीले दोहोरो भूमिकामा अभिनय गरेको फिल्मको एउटै फस्ट लुक पोस्टरमा दुई तस्वीर प्रस्तुत गरिएको छ। जसमा विपिनलाई दुई फरक अवतारमा प्रस्तुत गरिएको छ भने उनीसँगै वर्षा राउतलाई राखिएको छ।

विपिनलाई जवान र बृद्ध अवतारमा प्रस्तुत गरिएको छ। त्यसैगरी दोस्रो तस्वीरमा नायिका ऋचा घिमिरेलाई वकिल र पूजा लामालाई हत्कडी लगाएर अमेरिकी प्रहरीले लगिरहेको देखाइएको छ। लामो समयदेखि अमेरिकामा रहँदै आएका ऋचा र पूजा धेरै समयको अन्तरालपछि तेल भिषाबाटै फिल्ममा फर्किएका हुन्।

वेलडन क्रियसनको ब्यानरमा अभिनेत्री ऋचा घिमिरेद्वारा प्रस्तुत तथा अनिल पाण्डे र शिवराज कार्कीको निर्माणमा निर्माणाधीन फिल्ममा प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेका छन्। अमेरिकामा पहिलो चरणको छायांकन पूरा गरी हाल चितवनमा सुटिङ भइरहेको फिल्म निर्देशक शंकर घिमिरेले निर्देशन गरिरहेका छन्।

विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म आपूmले अहिलेसम्म निर्माण र निर्देशन गरेकाभन्दा फरक बनेको निर्देशक घिमिरेले बताएका छन्। ‘मैले यसअघि पनि फिल्म निर्माण र निर्देशन गरे । तेल भिषा ती फिल्मभन्दा फरक छ। तेल भिषाजस्तो फिल्म मैले न पहिले बनााएको थिए, न त यसपछि नै बनाउन सक्छु,’ निर्देशक घिमिरे भन्छन्।

फिल्ममा संगीत आशिष अबिरल, कल्याण सिंह, कृष्ण भारद्वज, स्वर आशिष अविरल, निशान भट्टराई, अञ्जु पन्त र शान्तिश्री परियार, कोरियोग्राफी रामजी लामिछाने र शिशिर खाती, कला निर्देशन एमी श्रेष्ठ र अर्जुन पौडेल, छायांकन निर्देशन सशान्त प्रजापति र सम्पादन अञ्जय खड्काको रहेको छ।