अमेरिकामा ४ जनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि

0
Shares

एजेन्सी ।

अमेरिकाको कोलोराडो राज्यमा ४ जनामा एभियन इन्फ्लुएन्जा बर्डफ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ ।

सङ्क्रमित ४ जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ ।

यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने लक्षण देखिने गर्छन् ।

सन् २०२२ पछि कुखुरा फार्ममा काम गर्ने कामदारहरूमा बर्डफ्लू सङ्क्रमणको यो पहिलो घटना हो । कोलोराडो कुखुरा फार्ममा काम गर्नेहरूमा एच–५ को पहिलो केस रिपोर्ट गरिएको सीडीसीले उल्लेख गरेको छ ।

बर्डफ्लूको प्रकोपले अमेरिकाका ४८ राज्यहरूमा जुलाई १२ सम्म प्रभावित गरेको सीडीसीले जनाएको छ ।