प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल

112
Shares

काठमाडौं।

नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट सञ्जयभक्त कँडेलको नेतृत्वमा प्रेस युनियन युरोपको नयाँ कार्यसमिति चयन भएको हो । नेपालका सबै जिल्ला र प्रदेशमा संरचना विस्तार गरिसकेको युनियनले युरोपलाई प्रदेश स्तरमा स्वीकृति प्रदान गर्दै अधिवेशन गरेको हो ।

आरके त्रिपाठीको संयोजकत्वमा बनेको निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि युनियन केन्द्रका उपमहासचिब युवराज गौतमको रोहवरमा वरिष्ठ उपाध्यक्ष एकसहित तीन उपाध्यक्ष, एक महासचिव, एक एक जना उपमहाचिव र सचिव एवम् एक कोषाध्यक्ष चयन गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, युनियन अध्यक्ष शिव लम्साल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यलगायतले भर्चुअल रुपमा भएको अधिवेशनमा सम्बोधन गरेका थिए ।

युनियनको विधानमा भएको व्यवस्थाअनुसार विदेश शाखा विस्तार सुरु गरेको उपमहासचिव गौतमले जानकारी दिए । ‘यूके अधिवेशनका लागि पनि दबाब बढाएका छौं, अस्ट्रेलिया र अमेरिकामा पनि शाखा विस्तारको तयारीमा छौं । युनियनलाई विश्वभर संगठित गर्ने इच्छा छ सोहीअनुसार काम गरिरहेका छौं’ –केन्द्रीय अध्यक्ष शिव लम्सालले भने ।

कँडेलकै सक्रियतामा तीन वर्षअघि यूके शाखा विस्तार भएको थियो । यूकेमा विपिन निरौला संयोजक भए पनि तीन वर्षसम्म अधिवेशन गराउन सक्नुभएको छैन । तत्काल अधिवेशनका लागि तयारी गर्न केन्द्रले दबाब बढाएको छ ।

नयाँ कार्यसमितिहरुमा अध्यक्ष सञ्जयभक्त कँडेल, वरिष्ठ उपाध्यक्ष सिद्धार्थविक्रम क्षत्री, उपाध्यक्ष भरत प्रधान, उपाध्यक्ष सविना श्रेष्ठ, उपाध्यक्ष विकास लम्साल, महासचिव प्रबल भट्टराई, उप–महासचिव प्रतीक लामिछाने, सचिव मिलन शर्मा, कोषाध्यक्ष सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाईं, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ रहेका छन् ।