एमालेले थाल्यो घरफिर्ती अभियान

420
Shares

हेटौंडा ।

आफ्नो नेतृत्वमा संघीय सरकार गठन भएपछि नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेता-कार्यकर्ताको घरफिर्ती कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरेको छ । जसका कारण पार्टी प्रवेश गर्ने क्रम बढ्न थालेको पार्टीले दाबी गरेको छ।

नेकपा (एस) का मकवानपुर पूर्वजिल्ला उपाध्यक्ष भूमिनन्द अर्याल, एस सचिवालय सदस्य कालु ढकाल तथा पूर्वजिल्ला कमिटी सदस्य जबीन्द्र थोकर मंगलबार नेकपा एमालेको घर फर्क अभियानमार्फत् पार्टीमा फर्किएका हुन् ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले एमाले छाडेर अन्य दल पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिकरुपमा एमालेमा फर्कने क्रममा रहेको बताए। एमाले पार्टी कार्यालय हेटौंडामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, उपाध्यक्ष हिदम लामालगायत नेताहरुको सहभागिता थियो । पछिल्लो चरण विभिन्न पार्टी छाडेर एमालेमा आउनेको संख्या बढिरहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख उज्ज्वल चौलागार्इंले बताए ।