सकियो पूर्ण बहादुरको सारंगी

182
Shares

काठमाडौं ।

फिल्म पूर्ण बहादुरको सारंगीको पहिलो चरणको छायांकन सकिएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा विनोद पौडेल र प्याट्रिक सुवेदीद्वारा निर्माणाधीन फिल्मको पहिलो चरणको छायांकन ओखलढुँगा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिनमा सकिएको हो।

बाँकी छायांकन दशैंपछि काठमाडौंमा गरिने निर्माता विनोद पौडेलले जानकारी गराएका छन्। ‘फिल्म मेकिङबारे नयाँ अनुभव भयो। त्यसकारण फिल्मले हामी सबैलाई नयाँ उचाइ दिनेमा विश्वस्त छु,’निर्माता पौडेल भन्छन्।

कलाकारको बलियो लाइनअप बनेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, बालकालकार जान्भि पौडेल, स्वयम् केसीलगायत कलाकारले अभिनय गरेका छन्।

गन्धर्व परिवारको कथामा आधारित सोसल–ड्रामा जनराको फिल्म सरोज पौडेल लेखन र निर्देशनमा बनिरहेको छ। रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंग, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ। फिल्म आगामी वर्षभित्र नेपालीको बसोबास रहेको विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य निर्माण समूहको छ।