बलिउड स्टारलाई अम्बानीको फिर्ती उपहार

5.1k
Shares

काठमाडौं ।

गत शुक्रबार भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त र उनकी प्रेमीका राधिका मर्चेन्टको विवाह देश विदेशका विभिन्न भीआईपी पाहुनाका साथै बलिउड तथा हलिउड स्टारको सहभागितामा मुम्बईको जिओ वर्ल्ड सेन्टरमा भव्यता र तामझामसहित सम्पन्न भयो।

विवाहको अवसरमा अनन्तले सलमान खान शाहरुख खान, रणवीर सिंह, मिजान जाफरी, शिखर पहाडीयालगायत २५ साथीलाई विशेष उपहार दिएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएअनुसार अनन्तले आडमर्स पिग्युट ब्राण्डको रोयल ओक परपेचुअल क्यालेन्डर प्रिमियम घडी उनीहरूलाई उपहारस्वरुप दिएका हुन्।

सो घडीको मूल्य एक करोड ६७ लाख भारतीय रुपियाँ रहेको छ। १८ क्यारेट सुनको सिक्री समावेश सो घडीमा विभिन्न खालका विषेशता छन्। आफ्नो विवाहमा कलाकारबाट उपहार पाएपछि त्यसको बदलामा उनले २५ जनालाई फिर्ती उपहारस्वरुप सो घडी दिएका हुन्। तीमध्ये रणवीर सिंहलगायतले अनन्तको विवाहमा सोही घडी लगाएका थिए।

विवाहको भोलिपल्ट शनिबार राखिएको शुभआर्शिवाद समारोहमा अनन्त र राधिकालाई आर्शिवाद दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न क्षेत्रका हस्ती सहभागी भएका थिए। समारोहमा कलिउडका साथै हलिउड अभिनेता तथा रेस्लर जोन सिना, अभिनेत्री किम कार्डसियन, उनकी बहिनी क्लोइ कार्डशियन, प्रियंका चोपडा, उनका पति एवम् हलिउड गायक निक जोनसलगायत सहभागी थिए।

विवाहको केही दिनअघि आयोजित संगीत समारोहमा पप पस्टार जस्टिन बिबरले प्रस्तुति दिएका थिए। उनले सो संगीत समारोहका लागि ८३ करोड भारतीय रुपिया“ पारिश्रमिक लिएका थिए। त्यसैगरी पपस्टार रिहानाले करिब ७० करोड भारतीय रुपिया“ पारिश्रमिक लिएकी थिइन्।