४ लाख घुस सहित शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी रंगेहात पक्राउ 

378
Shares

काठमाडौं ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टीङ टोलीले उनीहरूलाई सोमबार राति  सेवा ग्राही बाट नगद ४ लाख १२ हजार र ५० लाख ६० हजारको चेक लिइसकेको  अवस्थामा रंगेहात पक्राउ गरेको हो ।