पूर्ववर्ती सरकारद्वारा प्रस्तुत बजेट संशोधन

0
Shares

काठमाडौँ।

नवगठित सरकारले पूर्ववर्ती सरकारद्वारा प्रस्तुत बजेट संशोधन गरेको छ । सोमबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव संसदबाट पारित गरिएको छ । योसँगै औपचारिक रूपमै बजेट संशोधन भएको छ ।

कुनै अमूर्त कम्पनीलाई लाभ हुने गरी पुराना सेयर धनी र सेयर संख्या यथावत नै भएको अवस्थामा कसैले थप लगानी गरी उक्त कम्पनीमा ५० प्रतिशतभन्दा बढी स्वामित्व पुर्‍याएको अवस्थामा दफा ५७ अनुरूप २५ प्रतिशत कर नलाग्ने प्रस्ताव आर्थिक विधेयकमा गरिएको थियो । त्यसलाई एमालेले संशोधन गर्ने प्रस्ताव गरेको थियोे । तर, निवर्तमान अर्थमन्त्री वर्षमान पुनले अस्वीकार गर्दै आएका थिए ।