बागमती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता, दुईको उद्धार 

1k
Shares

रौतहट  । 

रौतहटको बागमती नदीमा  नुहाउने क्रममा सोमबार एक जना बालक बेपता भएका छन् । गढीमाई नगरपालिका वडा नं.– ३ लक्ष्मीपुरका तीन जना बालक चर्को गर्मी छल्न नजिकैको गढीमाई नगरपालिका.–३ लक्ष्मीपुर घाट स्थित बागमती नदीमा नुहाउने क्रममा बगाएर एक जना बालक बेपता भएका छन् भने दुई जनाको उद्धार भएको छ ।

 बेपता हुनेमा १० वर्षीय  सफर कवाडी रहेका छन् । सोही स्थानका १३ वर्षीय सैदुला कवाडी पानीमा डुबेर उपचारको लागी गरुडा स्थित रोमा अस्पतालमा उपचार भइरहेको छ भने वर्ष ८ वर्षीय  हसर कवाडीको सकुशल उद्धार भएको सशस्त्र प्रहरी बल  नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।

बेपत्ताको  खोजीमा सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली बाग्मती नदिमा परिचालित रहेका छन् ।