ईश्वरको पूरा भयो सपना

70
Shares

काठमाडौं ।

आगामी साउन ११ गते रिलिजमा आउने फिल्म ईश्वरमा समावेश गीत पुरा भयो सपना मेरो सार्वजनिक गरिएको छ। रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द रचना र राजेन्द्र बजगाईंको संगीत रहेको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङलाई फिचरिङ गरिएको छ। गीतमा ध्रुव र कृष्टि रोमान्टिक भावमा प्रस्तुत भएका छन्।

राजु गिरीद्वारा निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्।

दिव्या कंगना फिल्म्स्को ब्यानरमा लक्ष्मी कुँवर थापाद्वारा प्रस्तुत तथा हरिबहादुर थापाद्वारा निर्मित फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हुँमागाईको छायांकन रहेको छ।