रोहित र दीपेन्द्रले क्यारेबियन टी १० खेल्ने

672
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा हुने म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका छन् । पाँच टोली सहभागी लिगको पहिलो संस्करण आगामी अगस्ट १८ बाट सुरु हुनेछ ।

शनिबार सम्पन्न ड्राफ्टबाट रोहित मायामी लायन्स तथा दीपेन्द्र ग्रान्ड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका हुन्। रोहितआबद्ध टोलीमा शोयब मल्लिक, ड्वायन ब्राभो, रबि भोपारा, कोरी एन्डरसन, चाडविक वाल्टन जस्ता चर्चित खेलाडी छन् । यसैगरी दीपेन्द्र आबद्ध टोलीमा एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोसुवा लिटिल, मार्क वाट जस्ता खेलाडी छन् ।