आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

588
Shares

काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।