सकम्बरी गर्ल कुसुम माइलीमा

322
Shares

काठमाडौं ।

गायक प्रकाश सपुतको भाइरल गीत सकम्बरीको भिडियोमा मोडलिङ गरी शुरूमै सफलताको स्वाद चाखेकी मोडल कुसुम शर्मा अब फिल्ममा पनि देखिने भएकी छन्।

उनी रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म माइलीमा अनुबन्धित भएकी छन्। बाबुसाहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन्। फिल्मको निर्माण समूहले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ। कुसुम अनुबन्धित भएसँगै फिल्मका लागि कलाकारको लाइनअप पूरा भएको छ। यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन्।

निर्देशक बलामीले सत्य घटनामा आधारित फिल्ममा महिलाको पीडा देखाइने बताए। मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईंमा गरिने फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत, पटकथा र सम्वाद तथा राजेन्द्र बजगाईंको संगीत रहनेछ।