निर्भला र कौशिला मिस र मिसेस डिस्याबिलिटी क्विन

84
Shares

काठमाडौं ।

अपांगता भएका व्यक्तिबीचको राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन २०२४ को उपाधि निर्भला भण्डारी र कौशिला विष्टले जितेका छन्।

काठमाडौं काडाँघारीकी भण्डारीले मिस र सुदूरपश्चिमकी विष्टले मिसेसतर्फको शीर्ष उपाधि जितेका हुन्।

प्रतियोगितामा हेटौँडाकी रोजिना स्याङ्तान फस्ट र दोलखाकी निर्माया मगर सेकेन्ड रनर्सअप भए।ग्रिनआर्टस् मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगिता शोभा श्रेष्ठ बेस्ट पर्फैमेन्स, बिनु थापा मस्ट पपुलर, रेवती कार्की मस्ट ट्यालेन्ट, निर्मला भण्डारी बेस्ट पर्सनालिटी, सानुकांची तामाङ मस्ट इस्पाइरिङ, मैया बिसुंखे बब्ली पर्सनालिटी, निर्माया मगर बेस्ट स्क्रिन, उमा भुजेल बेस्ट डिसिप्लेन, सुनमाया माभी मस्ट हम्बल, रंजिता खड्का बेस्ट स्माइल, मीना मगर मस्ट चार्मिङ, रोशनी थापा, मस्ट ब्युटिफुल, बुद्धिकुमारी यारी मस्ट अमेजिन, शोभा थापामगर मस्ट ग्ल्यामर, कौशिला विष्ट मस्ट कन्फिडेन्ट, अस्मिता पौडेल मस्ट फोटोजेनिक, सम्झना भुजेल मस्ट फ्रेन्ड्ली र रोजिना स्याङ्तान उपाधि विजेता भए।