जेरीका निर्माताको आरोप

266
Shares

काठमाडौं ।

सरोज न्यौपानेले निर्माण घोेषणा गरेको जेरीः अन टपप्रति जेरी फिल्मका निर्माता मनोजकुमार शेरचन र सहनिर्माता सम्राटप्रसाद गौचनले आपत्ति जनाएका छन्।

जेरीः अन टपका निर्माता सरोज न्यौपानेले आफूहरूसँग व्यावसायिक इमानदारिता नदेखाएको भन्दै शेरचन र गौचनले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्। शेरचन र गौचनद्वारा संयुक्त रूपमा निर्मित जेरी २०७१ साल कातिक २८ गते रिलिज भएको थियो।

निर्माता न्यौपानेले जेरीको सिक्वेलका रूपमा जेरी–२ निर्माण गर्न टाइटल प्रयोगको अनुमति मागेपछि शेरचन र गौचनले १५ लाखमा अनुमति प्रदान गरेका थिए। तर, सम्झौताको ६ महिनापछि न्यौपानेले जेरी–२ नबनाउने भन्दै पैसा फिर्ता मागेकाले पहिलो किस्तावापत ५ लाख नगद फिता गर्दै सम्झौतापत्र रद्द गरेर आफूहरू जेरी–२ बनाउने तयारीमा लागेको, तर न्यौपानेले जेरी अन टप बनाउन लागेको आरोप शेरचको छ।

‘न्यौपानेको नियत हामीस“ग अनुमति नै नलिई बिना कुनै शुल्क जेरी नाम भजाउनु रहेछ,’ शेरचन र गौचनको आरोप छ। उनको यो क्रियाकलापले आमदर्शकमा जेरीः अन टप नै जेरीको सिक्वेल हो भन्ने भ्रम पैदा भएको छ,’ उनीहरूको भनाइ छ।