विम्बल्डन उपाधि बार्बोराले जितिन्

84
Shares

एजेन्सी ।

चेक रिपब्लिककी बार्बोरा क्रेएसिकोभाले यस वर्षको विम्बल्डन टेनिसअन्तर्गत महिला एकलतर्फ उपाधि शनिबार जितेकी छन् ।

फाइनल खेलमा बार्बोराले इटालीकी जास्मिन पाओलिनीलाई तीन सेटमा करिब २ घण्टाको समयमा पराजित गरेकी हुन् । यो उनको करिअरको दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले २०२१ मा फ्रेन्च ओपनमा उपाधि जितेकी थिइन् ।

पहिलो सेट ६–२ ले सहजै जितेकी बार्बोराले दोस्रो सेट सोही अंकमा गुमाएकी थिइन् । निर्णायक तथा अन्तिम सेटमा सातौं सर्भिस तोडेर बार्बोराले ४–३ को अग्रता लिएकी थिइन्। यही एक सर्भिस बे्रकको सहयोगमा उनले निर्णायक सेट ६–४ ले जित्दै उपाधि हासिल गर्न सफल भइन्।

पाओलिनी भने गत महिना फ्रेन्च ओपनको फाइनलमा पुगेकी थिइन्। तर, त्यहाँ उनले उपाधि जित्न सफल हुन सकिनन्। विम्बल्डनमा फाइनल पुगेपनि फेरि एकपटक उनी पराजित भइन्।

दोस्रो सेट ६–२ ले जित्दै उपाधि जित्ने छनक देखाएपनि अन्तिम सेटमा ब्रेक प्वाइन्ट लिन चुक्दा उनी लगातार दुई ग्रान्डस्लाम फाइनलमा हार्न पुगिन्।