अक्षय कुमारलाई कोरोना सङ्क्रमण

294
Shares

काठमाडौँ । 

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण भएको छ । अक्षकुमारले आफूलाई  कोरोना सङ्क्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना सङ्क्रमण भएको बताइएको छ । उनलाई शुक्रवार बिहान कोभिड पोजेटिभ भेटिएको थियो ।

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना सङ्क्रमित भएका थिए । यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजेटिभ भेटिएका थिए । त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजेटिभ थिए ।

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रवार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् ।