दिउँसोको समयमा चोरी गर्ने दुईजना  पक्राउ

1.1k
Shares

काठमाडौँ। 

 दिउँसोको समयमा चोरी गर्ने दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ।

यही असार २३ गते  भक्तपुर जिल्लाको  ठिमी न.पा. वडा नं. २ मुनाल मार्ग स्थित द्वारिकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदीश नेपालको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी. ७,१३,३८०/- (  सात लाख तेह्र हजार तिन सय असी ) बराबरको धनमाल चोरी  गरेको घटनामा संलग्न  का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ५ जोरपाटी बस्ने  ४३  वर्षीय राजु तामाङ र चोरी गरी लगेको धनमाल बेचबिखन गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर साबिक पात्लेपानी गा.वि.स. वडा नं. ९ घर भई  हाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ७ बस्ने ५४ वर्षिया  शारदा तिरुवा बि.क.लाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट  सुनका विभिन्न गर गहना १.७९ तोला, नगद  चार लाख दश हजार, स्कुटर थान -१ र मोबाइल थान २  प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका  उनीहरुलाई  थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत ठिमी भक्तपुर पठाईएको प्रहरीले जनाएको छ।