कांग्रेस-एमालेबीचको सहमति लागु हुँदैन- डा. अमरेशकुमार सिंह

6.5k
Shares

काठमाडौं ।

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागु नहुने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबि गरेका हुन् ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबि गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरुले जिम्मेवारी पनि नलिएको बताए ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबि गर्दै उनले प्रधानमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गर्न नसकेको विषयको खोजि गर्नुपर्ने बताए । सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।