सहकारी सिद्धान्त अनुरुप संचालन नहुँदा आर्थिक समस्या

70
Shares

बुटवल ।

सहकारीको सिद्धान्त अनुरुप संचालन हुन नसकेका मुलकभर संचालित सहकारी संस्थाहरुको आर्थिक अवस्था डिसव्यालेन्स देखिएका छन ।

तर सहकारीको मुल्यमान्यता मर्म र सिद्धान्तलाई आत्म साथ गरेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको देखिएका छन् । त्यसका लागि सहकारीका शेयर सदस्यहरु नै सहकारीका मालिक र सहकारीको अनुगमन कर्ता भएकाले आफ्नो सहकारीको वारेमा जिज्ञासा राखिरहन जरुरी छ ।

बुटवलको सुख्खा नगरमा संचालित द्यौलागिरी बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवशको अवसरमा शुक्रवार तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम पश्चिममा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान प्रदान गरेको छ ।

सो समारोहमा सहकारीका अध्यक्ष गोबिन्द खनालले सहकारीको अवस्थाका वारेमा प्रकाश पादै सहकारीले सामाजिक उत्तर दाईत्व बहन गर्नु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्नका लागि अनाथ आश्रममा खाद्यान्य प्रदान गरिएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा रामचन्द्र मैनादेवी अनाथ आश्रमकी संचालिका मैनादेवि भण्डारीले समाजमा असल कार्य गर्न निकै कठिन हुने भन्दै द्यौलागिरी सहकारीले आश्रमलाई सम्झेर जुन आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिनु भयो । उहाँले सोही अवसरमा प्रमुख अतिथी रहनु भएका तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले आश्रमलाई गरेको हरेक सहयोगको सरहाना समेत गर्नुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले अनाथ आश्रमलाई सहकारीले आफ्नो स्थापना दिवसमा सम्झना गरी खाद्यान्य वितरण गरेको विषयले अन्य यस्तै सहकारी र संघ संस्थाहरुलाई पनि मार्ग निर्देशन भएको औल्याउनुभयो । आश्रम स्थापना गरेर रामचन्द र मैनादेविले गरेको कार्य संसारमा विरल्लै मानिसलेले गन भन्दै यस्ता मानविय सेवाभावमा लाग्नेहरुलाई हरेक क्षेत्रवाट सहयोग गर्नु पर्ने धारणा राख्नु भयो

खाद्यान्य वितरण समारोहमा सहकारीका व्यवस्थापक पुजा ज्ञवाली शेयर सदस्यहरु कर्मचारीहरुको सहभागिता रहेको सचिव ठाकुर घिमिरेले बताउनुभयो ।