हत्या अभियोगमा फरार अभियुक्तले ५७ दिनमा गरे आत्मसमर्पण

420
Shares

बुटवल। 

बुटवलको एक रेष्टुरेण्टमा छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य तथा सोही रेष्टुरेण्टका कर्मचारी बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको हत्याका अभियुक्तले ५७ दिन पछि प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

 छुरा प्रहारबाट घाइते भएका थापाकोे उपचारका क्रममा असार १८ गते निधन भएको थियो । थापामाथि गत जेठ २ गते मध्यराति अर्थात् जेठ ३ गते बिहान सवा १२  बजे बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

 छुरा प्रहार गरी फरार रहेका हत्याका अभियुक्त बुटवल ११ देवि नगरका किशोर कुँवर र बुटवल २ मैनावगरका कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् ।

 इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार मात्रै २ जना अभियुक्त प्रहरीमा आइ आत्मसमर्पण गरेकाले अव घटनाको थप अनुसन्धान अगाडि बढउन थप सहजता भएको बताउनु भयो ।

 विहिवार राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न माग गर्दै प्रशासनलाई चेतावनी दिएको १२ घण्टा मै अभियुक्तले आत्म समपर्ण गरेका छन् । प्रहरीले अभियुक्तलाई पक्राउ गर्न स्वदेश तथा विदेशमा समेत प्रहरी परिचालन गरिएको थियो।