ईश्वरमा पृथ्वीराज र अनु रोमान्टिक

56
Shares

काठमाडौं ।

आगामी साउन ११ गते रिलिजमा आउने फिल्म ईश्वरमा समावेश तिमी आयौ हालै सार्वजनिक गरिएको छ।कृष्ण काफ्लेद्वारा स्वरबद्व गीतमा भीष्मराज फूलाराको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाहलाई फिचर्ड गरिएको छ। पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक अवस्थामा प्रस्तुत गरिएको छ।

राजु गिरीद्वारा निर्देशित फिल्ममा ध्रुव थापा, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

दिव्या कंगना फिल्म्स्को ब्यानरमा लक्ष्मी कु“वर थापाद्वारा प्रस्तुत तथा हरिबहादुर थापाद्वारा निर्मित फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हु“मागाईंको छायांकन रहेको छ।