सुनको मूल्यमा नयाँ कीर्तिमान

322
Shares

काठमाडौँ ।

 आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो ।

यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।