रोटरी क्लब कान्तिपुरले मनायो रजत महोत्सव

98
Shares

काठमाडौँ। 

 रोटरी क्लब कान्तिपुरले २५ औँ वार्षिकोत्सवलाई रजत महोत्सवका रुपमा मनाएको छ । क्लबले  बुधवार राजधानीमा विशेष कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा सामाजिक सेवाका लागि आर्थिक सहयोगको घोषणाका साथै भावी योजनाबारे जानकारी समेत दिइयो ।

रोटरी क्लब कान्तिपुरका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी दिव्यमान श्रेष्ठले सेवाका क्षेत्रमा सामूहिक जोसका साथ कार्य गर्ने बताए । उनले सामाजिक क्षेत्रमा क्लबका तर्फबाट सेवाका लागि ५ लाख आर्थिक सहयोगको घोषणा समेत गरे । श्रेष्ठले समाज सेवामा उत्साह र आशावादी जगाउने गरी क्लबले काम गर्ने बताए ।
रोटरी क्लबका जिल्ला गभर्नर तथा प्रतिष्ठित व्यवसायी राजेन्द्रमान शेरचनले क्लबले विगतमा गरेका समाज सेवाका कार्य र भविष्यमा बनाएको योजनाबारे जानकारी गराए । उनले छात्राका लागि विद्यालयमा शौचालय निर्माणतर्फ काम गर्ने बताए । विगतमा मानव तस्करी रोक्न क्लबले योगदान गरेको उल्लेख गरे ।

 भविष्यमा युवा आदानप्रदान, प्लाष्टिकको प्रयोगबाट प्रदूषण हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनले बताए । उनले रोटरी क्लबबाट सेवालाई अझ विस्तार गर्न सहयोगको आग्रह समेत गरे ।

रोटरी क्लबका निवर्तमान अध्यक्ष शरद विष्टले २५ वर्षको क्लबको यात्रा गौरवशाली भएको बताए । उनले क्लबले विगतमा गरेका उल्लेख्य कार्यबारे जानकारी गराए ।

रोटरी क्लब कान्तिपुरकी सदस्य समेत रहेकी सांसद आरजु देउवाले रजत महोत्सवको सफलताको सन्देश प्रतिनिधि सरोज शर्मामार्फत् पठाइन् । उनले सन्देशमा २५ वर्षको गौरवशाली यात्राले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा रोटरी क्लबका सदस्यहरुलाई सम्मान गरिएको थियो । उनीहरुले सेवाका क्षेत्रमा उल्लेख्य योगदान दिएकोले सम्मान गरिएको जानकारी दिइयो । कार्यक्रममा देशका प्रतिष्ठित उद्दोगीव्यवसायी, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

रोटरी क्लबले नेपालमा सेवाकार्य गर्दै आएको छ । क्लबको नियमित बैठकहरु हुने र त्यसबाट सेवाकार्यका योजना बनाएर कार्यान्वयन समेत गरिने जानकारी गराइयो । क्लबका सदस्यहरुले सेवाकार्यका लागि योगदान दिँदै आएका छन् ।